बतास समूहले पशुपति धर्मशालामा होटल चलाउन नपाउने
१८ जेठ, काठमाडौं । पशुपति धर्मशालामा बतास समूहले होटल संचालन गर्न नपाउने भएको छ । यसअघि जिल्ला अदालत काठमाडौंले होटेल सञ्चालन पाउनेगरी दिएको अन्तरकालीन आदेश बदर भएसँगै बतास समूहले पशुपति धर्मशालामा होटल संचालन गर्न नपाउने भएको हो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको बुधबार इजलासले गत चैत २५ गते बतास समूहको पक्षमा दिएको अन्तरकालीन आदेश बदर गरिदिएको हो ।
प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार २०:३४