१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

बजारमा ताला बेच्नेकै घर चोरी हुन्छ


–तुलसी न्याैपाने

आजभोली नाम भन्दा नि थर चोरी हुन्छ
बजारमा ताला बेच्नेकै घर चोरी हुन्छ ।

तुलसी र शालिग्राम मात्रै म भन्दिन
कहिले काहि पिपलु र वर चोरी हुन्छ
बजारमा ताला बेच्नेकै घर चोरी हुन्छ ।

सबलाई थाहा छ
जनै भित्र अद्भुत शक्ति लुक्या कुरा
तर आज त्यहि जनैको धर चोरी हुन्छ
बजारमा ताला बेच्नेकै घर चोरी हुन्छ ।

अरुलाई दोषी देख्नु भन्दा सुरक्षित भइ बस्दै राम्रो
चोरीको बात लाउनु भन्दा थैली कस्दै राम्रो
अझैपनि
तताइ राख्या दुधको पहिला तर चोरी हुन्छ
बजारमा ताला बेच्नेकै घर चोरी हुन्छ ।

वर्षामास नहुदा घाँस गाई वस्तु पाल्नकै लागि
गाउघरमा प्रायः भीरको खर चोरी हुन्छ
बजारमा ताला बेच्नेकै घर चोरी हुन्छ ।

यो कलिमा भलाइको त जवाना नै रैनछ हजुर
किनकी आजभोली मान्छेहरुकै भर चोरी हुन्छ
बजारमा ताला बेच्नेकै घर चोरी हुन्छ

प्रकाशित मिति : ९ भाद्र २०७५, शनिबार ११:४६