१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

‘ब्युटी प्याजेन्ट’को नाममा बालिकामाथि बलात्कारकाे आरोप लागेका मनोज पाण्डे पक्राउ


८ जेठ, काठमाडाैँ । ब्युटी प्याजेन्टको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार उनलाई स्वयम्भुबाट पक्राउ गरिएको हो ।

८ वर्षअघि ब्युटी कन्टेस्टको नाममा काठमाडौंको एक होटलमा बलात्कार गरेको आरोप लगाउँदै ती युवतीले सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो पोष्ट गरेकी थिइन् ।

उनले भिडियोमा ‘लेमनेड’मा आफूलाई बेहोस हुने औषधि दिएर बलात्कार गरेको बताएकी छन् । ‘म त्यो कोठामा पटक-पटक होसमा आउँथे र फेरि बेहोस हुन्थेँ । उसले मलाई बलात्कार गरिरहेको हुन्थ्यो,’ भिडियोमा उनले भनेकी छन्, ‘पूर्णरुपमा होसमा आउँदा म र ऊ त्यो कोठामा नांगै अवस्थामा पाएँ, मलाई असह्य भएर ठूलो स्वरमा चिच्चाएँ ।’

त्यसपछि ती व्यक्तिले २० हजार रूपैयाँ दिएर फकाउन खोजेको बताएकी छन् । साथै भिडियो/फोटो खिचेको र सो सार्वजनिक गर्ने धम्की दिएर ६ महिनासम्म बलात्कार गरेको उनले आरोप लगाएकी छन् ।

उनी कुनै एउटा सुन्दरी प्रतियोगितामा फस्टरनर अप भएकी थिइन् । त्यसको सक्सेस पार्टीमा बोलाएर ती व्यक्तिले पटकपटक बलात्कार गरेको उनले बताएकी छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार १८:३९