१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

एक नगरपालिका, एक गाउँपालिकासहित ५५ वडामा राप्रपा विजयी (सूचीसहित)


४ जेठ, काठमाडाैँ । राप्रपा एक नगरपालिका र एक गाउँपालिकासहित ५५ वडामा विजयी भएको छ । अझै केही ठाउँमा राप्रपाले अग्रता लिइरहेका छन । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार हलो चिन्हमा राप्रपाका ३३५ बढी सदस्यहरु विजयी भैसकेका छन । राप्रपाबाट काठमाडौंको शंखरापुर नगरपालिकाको प्रमुखमा रमेश नापित र झापाको हल्दिबारी गाउँपालिका प्रमुखमा रवीन्द्र लिङ्देन, उपप्रमुखमा लक्ष्मी मैनाली विजयी भैसकेका छन ।

यस्तो राप्रपा विजयको बिबरण
१. नवलपरासीको सरावल गाउँपालिका- ३ को वडा अध्यक्षमा राप्रपाका फिरंगी चौधरी प्यानल सहित बिजयी ।
२. राप्रपाका सूर्यलाल यादव विराटनगर महानगर- १३ मा वडा अध्यक्ष निर्वाचित ।
३. शंखरापुर-६ मा राप्रपाका राधाकृष्ण श्रेष्ठ प्यानल सहित वडा अध्यक्षमा निर्वाचित ।
४. भद्रपुर नगरपालिका ७ को वडा अध्यक्षमा अभिषेक ढुंगाना विजयी ।
५..भक्तपुरको चागुनारायण नगरपालिका ७ को वडा अध्यक्षमा राप्रपाका श्याम नायजु श्रेष्ठ विजयी ।
६. पाँचथरको फिदिम-१० को वडा अध्यक्षमा राप्रपाका होमराज थाम्सुहाङ्ग निर्वाचित ।
७. नवलपरासीको रामग्राम नगरपालिका ९ को वडा अध्यक्षमा राप्रपाका भोज बहादुर यादव सहितको प्यानल निर्वाचित ।
८.. पाँचथरको फिदिम -४ मा राप्रपाका उपेन्द्र लावती वडा अध्यक्षमा निर्वाचित ।
९. धनुषा गणेशमान चारनाथ नगरपालिकाको २ मा राप्रपाका बेचूँ हमालकाे प्यानल विजयी ।
१०. शंखरापुर नगरपालिकाको ३ मा राप्रपाका सूर्य तामाङ बिजयी ।
११. धादिङको रुबिभ्याली ४ को अध्यक्षमा राप्रपाका प्रशान्त तामाङ र प्यानल बिजयी ।
१२.. धादिङको रुबिभ्याली ४ को वडा अध्यक्षमा प्रशान्त तामाङ र प्यानल बिजयी ।
१३. धादिङको खनियाबास ३ को वडा अध्यक्षमा कमानसिंह तामाङ र प्यानल बिजयी ।
१४. सिद्धार्थनगर नपा ३ को वडा अध्यक्षमा नारायण प्रसाद उपाध्याय सापकोटा र प्यानल बिजयी ।
१५. सिद्धार्थनगर नपा कै ४ को अध्यक्षमा मुक्तिनाथ यादव (भोला) र प्यानल बिजयी ।
१६. धनुषाको गणेशमान चारनाथ नगरपालिकाको वडा १ मा श्यामकुमार आले र प्यानल बिजयी ।
१७. लक्ष्मीनिया गाउँपालिकाको वडा नं ३ को अध्यक्षमा तेजनारायण (हिरा)को प्यानल बिजयी ।
१८. भद्रपुर नगरपालिका ३ को वडा अध्यक्षमा हेमबहादुर कार्की सहितको प्यानल बिजयी ।
१९. झापाको हल्दिबारी गाउँपालिकाको १ मा देवी थापा सहितको प्यानल बिजयी ।
२०. नेपालगन्ज उपमहानगरको २ को अध्यक्षमा मनोज श्रेष्ठ सहितको प्यानल बिजयी ।
२१. सर्लाहीको कौडेना गा.पा. को वडा नं ७ अध्यक्षमा कुमार यादव सहितको प्यानल बिजयी ।
२२. चितवनको माडी नगरपालिका ८ को वडा अध्यक्षमा राप्रपाका वीरेन्द्र भण्डारी र प्यानल निर्वाचित ।
२३. नवलपरासीको रामग्राम-३ को वडा अध्यक्षमा उज्ज्वल न्यौपाने र प्यानल निर्वाचित ।
२४. नवलपरासीकै प्रतापपुर-३ को वडा अध्यक्षमा रामनरेश यादव र प्यानल निर्वाचित ।
२५. दोधारा चाँदनी नगरपालिकाको वडा नं ५ मा अध्यक्ष केशव खत्री र प्यानल बिजयी ।
२६. कपिलवस्तुको कृष्णनगरमा १ मा अध्यक्ष टुङ्गनाथ चौधरीको प्यानलसहित बिजय ।
२७. सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं-१ मा अध्यक्ष लक्ष्मण मेहता र प्यानल निर्वाचित ।
२८. रुपन्देहीको रोहिणी गापाको वार्ड न.१ को अध्यक्ष पदमा मुक्त्तर अहमद पठानको प्यानल निर्वाचित ।
२९. चितवनको माडी नगरपालिका वडा न.१ को अध्यक्ष पदमा अमित लामा र प्यानल निर्वाचित ।
३०. सिद्धार्थनगर नगरपालिका-२ को अध्यक्ष पदमा छेदीलाल श्रीवास्तव लगायत प्यानलसहित निर्वाचित
३१. नवलपरासी, रामग्राम १ मा राप्रपाका रुद्र प्रसाद सिंह अध्यक्ष लगायत प्यानल निर्वाचित ।
३२. डोटीको के.आई. सिंह गाऊँपालिका वार्ड न. ७ को अध्यक्षमा दिल बहादुर बलायर प्यानल सहित विजयी ।
३३. बैतडीको सुर्नया गाउँपालिका वडा नं २ मा गणेश बहादुर विष्ट प्यानल सहित बिजयी ।
३४. पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष उमेश कार्की र प्यानल विजयी ।
३५. धादिङको खनियाबास गाउँपालिका १ वडा अध्यक्षमा राप्रपाको सोनाम तामाङ बिजयी ।
३६. रुपहेन्दीको ओमसतिया बेलबहादुर बराल सहित प्यानल बिजयी ।
३७. कञ्चनपुरको दोधारा चाँदनी १ को वडा अध्यक्ष बिक्रम चन्द सहित प्यानल बिजयी ।
३८. धादिङको खनियाबास वडा नं २ मा अध्यक्ष अरुण तामाङ र प्यानल बिजयी ।
३९. रुपन्देहीको सियारी गाउँपालिका वडा नं १ मा अध्यक्ष अरुण शाही र प्यानल बिजयी ।
४०. सल्यानकाे कपुरकाेट गापाकाे वडा नं ६ काे अध्यक्षमा श्यामकृष्ण बाेहाेरा लगायत सदस्यहरू बिजयी ।
४१. चाँगुनारायण नगरपालिका- ६ को वडा अध्यक्षमा धनबहादुर लामा प्यानल सहित बिजयी ।
४२. रुपन्देहीको देवदह नगरपालिकाको वडा ११ को अध्यक्ष दुधनाथ यादव र प्यानल बिजयी । देवदहकै वडा नं १२ मा चार वडा सदस्य निर्वाचित ।
४३. बाँकेको राप्ती सोनारी गाउपालिका ६ को वडा अध्यक्षमा लवराज खरेल वडा अध्यक्षमा प्यानल सहित बिजयी ।
४४. शंखरापुर नगरपालिका वडा नं ७ मा वडा अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठ र सबै सदस्य निर्वाचित ।
४५. सुनसरीको भोक्राहा नरसिंह गापाको ५ मा हबिब मिया र सबै सदस्य निर्वाचित ।
४६. सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल कोट ४ को वडा अध्यक्षमा कुल बहादुर बस्नेत र सदस्यहरु निर्वाचित ।
४७. नवलपरासीको प्रतापपुर गाउँपालिका-५ को वडा अध्यक्षमा राप्रपाका रमेश कानु बनियाँ र सबै सदस्यहरु निर्वाचित ।
४८. धुलिखेल नगरपालिका -७ को वडा अध्यक्षमा रोमी प्रसाद श्रेष्ठ प्यानल सहित निर्वाचित ।
४९. झापाको बाह्रदशी गाउँपालिका- ५ को वडा अध्यक्षमा राप्रपाका बिर बहादुर राजबंशी र प्यानल निर्वाचित ।
५०. गणेशमान चारनाथ नगरपालिका-२ को वडा अध्यक्षमा ज्योतिदीप हमाल र प्यानल बिजयी ।
५१. रुपन्देहीको रोहिणी गाउँपालिका ४ को वडा अध्यक्षमा राप्रपाका तारानाथ यादव ।
५२. नेपालगञ्ज उपमहानगर-८ को वडा अध्यक्षमा राप्रपाका रजनीश वाजपेयी (बिवेक) लगायत प्यानल बिजयी ।
५३. हल्दीबारी गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा राप्रपाका सन्तकुमार थापा र प्यानल विजयी ।
५४. राजबिराज नगरपालिकाको वडा नं १३ को वडा अध्यक्षमा राप्रपाका त्रिलोकी नाथ चौधरी निर्वाचित ।
५५. गणेशमान चारनाथ नगरपालिकाको वडा नं- ४ अध्यक्षमा सोमबहादुर आले प्यानल सहित बिजयी ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार ०९:५१