१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

काठमाडौँ महानगरपालिकामा स्थापित र सिंहको मत जोड्दा पनि बालेन भेट्न मुस्किल


४ जेठ, काठमाडाैँ । काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायम गरेका छन् । पछिल्लो परिणामअनुसार बालेनले १५ हजार ७७५ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले ८ हजार २५३ मत ल्याएका छन् । त्यस्तै, गठबन्धनका तर्फबाट कांग्रेसकी सृजना सिंहले ७ हजर ३४८ मत प्राप्त गरेका छन् । अहिलेसम्म स्थापित र सिंहको मत परिणाम जोड्दा पनि बालेनको धेरै छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार ०९:२८