१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

सिन्धुलीको गोलन्जोर गाउँपालिकामा नेकपा एमाले विजयी


३ जेठ, सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका नेता शंकरराज बराल ४७४४ मतसहित अध्यक्षमा विजयी भएका छन । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका पुष्प कार्कीले ४४६३ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका नेकप माओवादी केन्द्रका ज्वाला प्रसाद न्यौपाने ४२४२ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ममता देवकोटा ३८३८ मत ल्याइन ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार २३:२८