१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

तीन बीमा कम्पनीकाे शेयर कारोबार रोक्का


३ जेठ, काठमाडाैँ । तीन बीमा कम्पनीकाे शेयर कारोबार रोक्का भएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तीन जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का गरेको हाे । नेप्सेले  मर्जर सम्झौता गरेका युनियल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का गरेको हो ।

तीन कम्पनीबीच बैशाख २९ गते बिहीबार मर्जरमा जाने प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको थियो । बीमा समितिको निर्देशन अनुसार न्युनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ कायम गर्न तीन जीवन बीमा कम्पनीहरुबीच मर्जर सम्झौता भएको हो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार १३:१७