१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

रसुवाको उत्तरगया गाउँपालिकामा एमाले विजयी


२ जेठ, रसुवा । रसुवाको उत्तरगया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका केन्द्रीय सदस्य माधव अर्याल निर्वाचित भएका छन् । यसअघि कांग्रेसले जितेको गाउँपालिकामा एमालेका नेता अर्याल विजयी भएका हुन् ।

अर्यालले २२८७ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएकाे निर्वाचन आयोगले जनाएको छ । उनले निवर्तमान अध्यक्ष उपेन्द्र लम्साललाई पराजित गरेका हुन् । यस्तै सो गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकै चमेली गुरुङ निर्वाचित भएकी छिन् ।

गुरुङ यसअघि २०७४ को निर्वाचनमा पनि उपाध्यक्षमा विजयी भएकी थिइन् । यसपटक उनलाई दोहोर्याएर एमालेले उम्मेदवार बनाएको हो ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार १६:३३