६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

एउटा वडामा मतगणना गर्न १२ घण्टा


३१ वैशाख, मुगु ।  मुगुमा एउटा वडाको मात्रै मतगणना गर्न १२ घण्टाको समय लागेको छ । छायाँनाथ रारा नगरपालिका वडा नं १४ बामको मतगणना गर्न १२ घण्टा लागेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुले शुक्रबार राति ११: ३० बजेको समयमा मतगणना सुरु गर्ने भने पनि राति २ बजेबाट मतगणना सुरु गरिएको थियो ।

तर, १२ घण्टा बितिसक्दा पनि १४ वडाको मतगणना सम्पन्न हुन सकेकाे छैन । राति २ बजे बाट सुरु भएको मतगणना हालसम्म ५९९ मत मात्र गणना भएको छ भने अझै २६८ मतगणना गर्न बाँकी छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १४:२९