६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

गठबन्धनलाई हराउँदै नुवाकोटको तारेकेश्वर ६ मा एमालेका रिमाल विजयी


३१ वैशाख, नुवाकोट । तीन दलीय गठबन्धनलाई पराजित गर्दै नुवाकोटको तारकेश्वर गाउँपालिकाको वडा नम्बर ६ को अध्यक्षमा नेकपा एमालेका नेता नारायणप्रसाद रिमाल विजयी भएका छन । एमाले नुवाकोटको जिल्ला कमिटी सदस्य समेत रहेका रिमालले गठबन्धनका उम्मेदवारलाई ४३ मतान्तरमा पराजित गरे । यसअघि नेपाली कांग्रेसले जितेको र उसैको गढ मानिएको वडामा एमालेले विजयको झण्डा फहराएको हो ।

एलेबाट उम्मेदवार बनेका नारायण रिमाल ४ सय ५१ मत ल्याएर विजयी भएका छन । वडाध्यक्षमा नारायण रिमालले नेपाली कांग्रेसबाट वडाध्यक्षका प्रत्यसी नवराज रिमालले ३ सय ९८ मतले पराजित गरेका हुन । जम्मा १२ सय ३३ मत खसेकाे थियाे । तारकेश्वरमा नेपाली कांग्रेस, नेकपामाओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन रहेको छ ।

त्यसैगरी वडा सदस्यमा एमालेका २ जना र कांग्रेसबाट १ जना विजयी भएका छन् । तारकेश्वर ६ मा यसअघि नेपाली कांग्रेसबाट ज्ञानेन्द्र तामाङ विजयी भएका थिए । नेकपा एमाले तारकेश्वरका सहईन्चार्ज समेेत रहेका रिमाल यसअघि २०७४ काे स्थानिय निर्वाचनमा पनि लाेकाेप्रिय मतका साथ वडा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १४:१२