१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

कांग्रेस कार्यकर्ताको आक्रमणमा एमाले कार्यकर्ताको आँखा फुट्यो, दोषीलाई कारबाही गर्न एमालेको माग


२७ वैशाख, गोरखा । गोरखाको आरुघाट गाउँपालिका १ मान्बुमा कांग्रेसकाका कार्यकर्ताले एमालेका कार्यकर्ता माथि आक्रमण गरेर आँखा फुटाइदिएका छन । सोमबार राति चुनावी प्रचारप्रसारबाट फर्किँदै गर्दा श्यामचेतमा कांङ्ग्रेसका टोलीले छेकेर आक्रमण गरेको एमालेले जनाएको छ । आक्रमणबाट एमालेका गोपाल लामा, बिक्रम लामा गम्भीर घाइते भएका छन ।

‘बिक्रम लामाको एउटा आँखा नै फुटेको छ । गोपालको पनि टाउकोमा र शरीरमा चोटहरू लागेको छ’, स्थानीय बिक्रम गुरुङले भने । आक्रमण गर्ने टोलीले सोमबार दिउँसो पनि कार्यक्रम स्थल जाँदै गर्दा एमालेका कार्यकर्तालाई रोकेर धम्काएको उनले बताएका छन ।

कांङ्ग्रेसको तर्फबाट वडाध्यक्षको उमेद्वार गजे घले (सुर्य) को नेतृत्वको टोलीले आक्रमण गरेका हुन् । वडाध्यक्ष उमेद्वार घलेसँगै कांङ्ग्रेसका सानु घले, कुमार लामा, कर्म लामा, सन्तोष लामा, बिर बहादुर लामा, निश्चल लामा, मेघराज गुरुङ लगायतको टोलीले आक्रमणमा उत्रिएको एमालेले बताएको छ । एमाले आरुघाट गाउपालिका कमिटीका अध्यक्ष मेन बहादुर अधिकारीले विज्ञप्ति मार्फत दोषीलाइ कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन ।

उनले विगतमा जस्तै मन्वुमा निर्वाचन निष्पक्ष नहुने देखिएको भन्दै त्यसतर्फ पनि प्रशासनको ध्यानाकर्णय गराएका छन । उनले विज्ञप्तिमा भनेका छन, ‘मान्बु घटनाका मुख्य नाईके गजे घले( सानु), घटनमा संलग्न कुमार लामा, कर्म लामा लगाएतका दोषीहरुलाई तत्काल प्रकाउ गरी कार्वाही प्रक्रिया अगाडी बढाउन जोडदार माग गर्दै । राज्य संरक्षित आतंकको विरुद्ध एकजुट हुन सम्पुर्ण मतदाताहरुमा जोडदार अपिल गर्दछौ।’

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलवार १०:१३