१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

गठबन्धन गर्न नमानेको भन्दै कांग्रेस उम्मेदवारले माओवादी नेताको गाला फुटाए


२७ वैशाख, काठमाडाैँ । गठबन्धन गर्न नमानेको भन्दै कांग्रेस उम्मेदवारले माओवादी नेताको गाला फुटाएका छन । गुल्मीको कालीगण्डकी गाउँपालिकामा नेपाली कांग्रेसबाट गाउँपालिकाका उम्मेदवार रहेका बेदबहादुर थापासहितको समूहले नेकपा माओवादी केन्द्रका पालिका अध्यक्ष लीलबहादुर केसी (संजय)को गाला फुटाएका हुन । उनीहरूले हेलमेटले हानेको र केसीको गालामा गहिरो चोट लागेको माअोवादीले जनाएको छ ।

कालीगण्डकी गाउँपालिकाको पुर्तिघाटमा नेपाली कांग्रेसका कार्यकर्ताले केसीलाई निर्घात कुटपिटबाट गरेका हुन । उनको अहिले अस्पतालमा उपचार भैरहेको छ । पार्टीको समीक्षा बैठक सकेर घरतर्फ फर्कर्दै गर्दा थापाले एक्कासी बाइकको हेल्मेटले टाउकोमा प्रहार गरेको र आफू बेहोस भएर ढलेको केसीले बताएका छन । उनीहरूले केसीका कारण कालीकण्डकी गाउँपालिकामा गठबन्धन हुन नसेको भन्दै आक्रमण गरेका थिए ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलवार ०९:५८