१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

कांग्रेसबाट उपमेयरको उम्मेदवार रहेकी शुभावती कुर्मीकोको निधन


२७ वैशाख, कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको उपमेयर पदका उम्मेदवार शुभावती कुर्मीको मृत्यु भएको छ । नगरपालिकाका निवर्तमान उपमेयरसमेत रहेकी कुर्मी नेपाली काँग्रेसबाट पुनःउम्मेदवार भएकी थिइन ।

गए राती श्वास प्रश्वासमा असहज भए पछि उपचारको लागि उनलाई कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो । उपचारको क्रममा राति १ बजे निधन भएको स्थानीय व्रिजेश यादवले बताए । उनकाे हृदयघातको कारण मृत्यु भएको बताइएको छ । मृतक कुर्मीको शवको आजै दाह संस्कार गरिने तयारी गरिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलवार ०९:४७