१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

चुनाव प्रचारकै क्रममा बिरामी परेका एमाले उम्मेदवार चाैधरीको मृत्यु


२७ वैशाख, काठमाडाैँ । चुनाव प्रचारकै क्रममा बिरामी परेका दाङको तुलसीपुर उपमहानगरपालिका– १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ । एमालेबाट उम्मेदवार बनेका चौधरीको सोमबार राति मृत्यु भएको हो । बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला, कलेजोको बिरामी थिए । उनले यसअघिको कार्यकाल तुलसीपुर– १७ को वडा सदस्य भएर समेत काम गरेका थिए ।

चुनाव प्रचारकै क्रममा एक्कासी बिरामी परेपछि उनलाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको र थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पताल ल्याइएको थियो । उनको उपचारकै क्रममा सोमबार राति मृत्यु भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलवार ०९:३६