१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

गोरखामा एमाले कार्यकर्तामाथि कांग्रेस कार्यकर्ताको आक्रमण, चार जना गम्भीर घाइते, एकको आँखा फुट्यो


२७ वैशाख, काठमाडाैँ । गोरखाको आरुघाट गाउँपालिका १ मान्बुमा कांग्रेसकाका कार्यकर्ताले एमालेका कार्यकर्ता माथि आक्रमण गरेका छन् । सोमबार राति चुनावी प्रचारप्रसारबाट फर्किँदै गर्दा श्यामचेतमा कांङ्ग्रेसका टोलीले छेकेर आक्रमण गरेको स्थानीय बिर बहादुर लामाले बताए ।

आक्रमणबाट एमालेका गोपाल लामा, बिक्रम लामा, बिर्खे लामा र राजु बहादुर लामा गम्भिर घाईते भएका छन् । ‘दिउँसो धोरतमा कार्यक्रम थियो गयौँ । त्यहाँबाट फर्किँदा करिब पौने आठ बजेको थियो श्यामचेत आईपुग्दा । त्यहाँ पसल थियो, खाजा खान लाग्दा कांग्रेसकाका कार्यकर्ताहरु आएर एक्कसी कुटपिट गरेछन्’, स्थानीय लामाले भने ।

कुटपिटबाट घाईते भएका मध्य दुई जनाको अबस्था गम्भिर छ । ‘बिक्रम लामाको एउटा आँखा नै फुटेको छ । अरु साथीहरुका पनि टाउकोमा, शरीरमा घाउहरु धेरै नै छ’, स्थानीय बिक्रम गुरुङले भने ।

आक्रमण गर्ने टोलीले सोमबार दिउँसो पनि कार्यक्रम स्थल जाँदै गर्दा एमालेका कार्यकर्तालाई रोकेर धम्काएको उनी बताउँछन् । घाईतेको उपचारका लागि आरुघाटबाट एम्बुलेन्स जाँदै गरेको स्थानीयहरु बताउँछन् ।

कांङ्ग्रेसको तर्फबाट वडाध्यक्षको उमेद्वार गजे घले (सुर्य) को नेतृत्वको टोलीले आक्रमण गरेका हुन् । वडाध्यक्ष उमेद्वार घलेसँगै कांङ्ग्रेसका सानु घले, कुमार लामा, कर्म लामा, सन्तोष लामा, बिर बहादुर लामा, निश्चल लामा, मेघराज गुरुङ लगायतको टोलीले आक्रमणमा उत्रिएको स्थानीयहरु बताउँछन् ।

वडाध्यक्ष उमेद्वारकै नेतृत्वमा कुटपिट भएपछि अहिले त्यहाँका स्थानीयहरु त्रसित छन् । ‘हामीलाई त सारै डर भयो । रात पनि कसरी कटाउने भन्या जस्तो भयो । सुरक्षाकर्मीहरु सक्दो छिटो धेर्रै खटाईदिनु पर्याे’, स्थानीय नन्दमाया लामाले भनिन् ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलवार ००:४३