१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

रौतामाईमा एमालेको क्रेज वढ्दो, ५ बर्षमा घर–घरमा रातो लालपुर्जा र सबैका घरमा टिनको छानो हुने !


२६ वैशाख, उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकामा एमालेको पक्षमा जनलहर उर्लेको छ । चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रममा एमालेको पक्षमा उर्लिएको जनलहर र यसअघि एमाले नेतृत्वमा भएको कामले रौतामाईमा एमाले धेरै बलियो देखिएको नेताहरूले दावी गरेका छन् ।

बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा एमाललेको तर्फबाट रौतामाई गाउँपालिकाको अध्यक्षको प्रत्यासि भरतबहादुर थापाले जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

वडा कमिटीहरुले आयोजना गरेको उम्मेदवार परिचय कार्यक्रममा बोल्दै उनले सुशासनयुक्त छिटो छरितो सेवा प्रवाह पहिलो प्राथमिकतामा रहने विश्वास व्यक्त गरे । थापाले ५ बर्षको अवधिमा पालिका भित्र कसैको घरमा पनि फुसको छानो नहुने बताए ।

उनले भने, ‘हाम्रो कार्यकालमा सबैका घरमा च्यादर हुनेछन्, सुकुम्बासी, अव्यवस्थितिहरुले रातोलालपुर्जा पाउनेछन् । पाकिला केन्द्रसम्म जोडिने सडकलाई कालोपत्र बनाउने, सबै स्वास्थ्य चौकीमा दंक्षजनशक्ति र पुर्वाधार तयार गर्ने, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलाई विशेष महत्वकासाथ योजना बनाईने उनले बताए ।

थापाले प्राविधिक शिक्षा, युवारोजगार, प्रत्येक घरमा उधमी उत्पादन, भ्रष्टचार मुक्त, जातिय विभेदको अन्त्य, धर्मसंस्कृतिको संरक्षणमा जोड दिने उनले बताए । उनले निर्वाचन प्रतिवद्धता पत्रका आधारमा विकास निर्माणका कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

उपाध्यक्षका उम्मेदवार कुमारी राना ठकुरीले गाउँपालिकाले पाँच वर्षको अवधिमा विकास, न्याय र सुशासनका साथै विकास निर्माणमा जोड दिंदै आएको बताइन् । उनले संघीयताको अभ्यास, कानुनको अभाव, भौतिक संरचना, कर्मचारीका अभावका बाबजुद ५ बर्षे अविधिमा उल्लेखिय काम भएको र केही अधुरा कामहरु रहेकाले ति काम सम्पन्न गर्न आफु पुनः उम्मेदवार बनेको बताईन् ।

खानेपानी, सडक, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उनले सम्पन्न भएको कार्यको निरन्तरता र अधुरा योजना सम्पन्न गर्नका लागि पार्टीले आफूलाई पुन उपाध्यक्षकोरुपमा अघि बढाएको स्पष्ट पारिन् । उपाध्यक्ष ठकुरीले महिला, जेष्ठ नागरिक लक्षित कार्यक्रमबाट उनीहरुका समस्या पहिचान र निराकरण, सुत्केरीलाई पोसिलो खानेकुरा, न्यानो कपडा वितरण जस्ता कामहरु यसअघि भएको बताईन ।

नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य अम्बरबहादुर रायमाझीले गाउँपालिकाको स्वाधिनता र आर्थिक समृद्धिका लागि सूर्यध्वजावाहक उम्मेदवारलाई विजय गराउनु पर्ने आवश्यकता रहेको बताए । उनले यसअघिको विरासतलाई जोगाउँदै एमालेले ८ वटै वडामा यसपटक सुर्यध्वजावाहक उमेदवार विजयी हुने ठोकुवा गरे ।

प्रदेश कमिटी सदस्य जीवन कार्की (कुशल)ले माओबादी पार्टी विगठन भईसकेकाले त्यो पार्टीको कुनै अर्थ नरहने बताए । उनले माओबादी जात, धर्मलाई जुधाएर सत्ताकेन्द्रीतको राजनीतिमा अग्रसर देखिएकाले आफुले पार्टी त्यागेर एमालेमा समाहित भएकोसमेत बताए ।

२०७४ मा एमालेबाट निर्वाचिन गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले पाँच बर्षको अवधिमा सबैभन्दा बढि सडक सञ्जालमा प्रगति हासिल गरेको बताए । उनले भौगोलिक विकटताका वावजुद पालिकाले आफ्नै वजेटबाट ३ सय १४ किलोमिटर सडक विस्तार गरेको हो । यसकाअलावा केन्द्र र प्रदेशको वजेटबाट थुप्रै सडक र अन्य कामहरु भएको बताए ।

अध्यक्ष खड्काले भने, ‘व्यवस्था परिवर्तन पछिको पहिलो जनप्रतिनिधिकोरुपमा उपस्थिति हुँदै गर्दा थुप्रै ऐन, कानुनको अभाव थिए, ति बनाउँदै जाँदा काममा केहि बाधा पुगेपनि विकास निर्माणमा अरु भन्दा अव्वल छौ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलवार ००:१९