१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

नुवाकोट दुप्चेश्वरका चर्चित वडा अध्यक्ष सुनबहादुर तामाङ अब एमाले नेता


१२ वैशाख, काठमाडौँ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका चर्चित वडा अध्यक्ष सुनबहादुर तामाङ अब नेकपा एमालेका नेता भएका छन । नेपाली कांग्रेस पार्टीले दुप्चेश्वर गाउँपालिकामा पार्टीका नेता कार्यकर्तालाई न्याय गर्न नसकेकोले पार्टी परित्याग गरेर एमाले प्रवेश गरेको उनले बताएका छन ।

तामाङ सोमबार नेकपा एमालेको केन्द्रीय कार्यालयमा दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामङसहित एमाले प्रवेश गरेका हुन । उनी दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षमा विजयी भएका थिए ।

तामाङलाई नेकपा उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्यद्धय काशिनाथ अधिकारी र डा राजन भट्टराई, बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डे, सदस्य बलराम आचार्य, जिल्ला कमिटी अध्यक्ष बद्री मैनाली, उपसचिव निलकण्ठ आचार्य लगायतले एमालेमा स्वागत गरे ।

चार सय भन्द बढी चेलीबेटी भारतको कोठीमा लगेर बेचेको आरोप लागेर दर्जन भन्दा बढी मुद्दा खेपेका सुनबहादुरले २०७६ सालमा उच्च अदालत पाटनबाट सफाइ पाएका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार १५:३३