१८ बैशाख २०८१, मंगलवार | Wed May 1 2024

सुर्खेत चाैकुनेको अध्यक्षमा एमालेबाट भ्रष्टाचारविरूद्धका अभियन्ता हरि अधिकारी उम्मेदवार


७ वैशाख, सुर्खेत । नेकपा एमालले सुर्खेतको चाैकुने गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । चाैकुने गाउँपालिका कमिटीका अध्यक्ष हरि अधिकारी र उपाध्यक्ष निर्मला रानामगरलाइ अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । बुधबार बसेको बैठकले अधिकारी र मगरको नाम सर्वसम्मत रूपमा जिल्ला कमिटीमा सिफारिस गरेको छ ।

अध्यक्षका उम्मेदवार अधिकारी २०५३ सालदेखि पार्टीको भ्रातृ संगठन अनेरास्ववियुको इलाका कमिटी सह सचिव, २०६८ क्षेत्रीय कमिटी सचिव,  २०७२ देखि २०७८ सम्म जिल्ला कमिटी सचिवालय सदस्य  र २०७८ देखि चौकुने गाउँ पालिका कमिटीको अध्यक्ष रहेका छन । अधिकारी भ्रष्टाचारबिरोधी अभियन्ता हुन । उनी अशल शासन अभियानमा लामो समयदेखि जोडिएका छन । सुर्खेतमा अशल शासन अभियानको नेतृत्व नै गरेका अधिकारी सन्तुलित र शिष्ट स्वभावका नेता मानिन्छन ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार २०:२३