१८ बैशाख २०८१, मंगलवार | Wed May 1 2024

निर्देशन विपरित रूखमा भोट हाले कारबाही गर्ने कांग्रेस नेता खाँडको चेतावनी


७ वैशाख, वुटवल । नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणले केन्द्रीय निर्देशन विपरित तालमेल भएको ठाउँमा रूखमै भोट हाले कारबाही गर्ने चेतावनी दिएका छन । उनले पाँच दलीय गठबन्धनको निर्णय नमान्नेहरुमाथि निगरानी भइरहेको र कसैले निर्देशन नमाने कारबाही गर्ने चेतावनी दिए ।

गृहजिल्ला रुपन्देहीको रुपन्देहीको मणीग्रामस्थित आफ्नै निवासमा बुधबार आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री समेत रहेका नेता खाँडले केन्द्रीय निर्देशन कसैले उलंघन गर्न नमिल्ने बताए । उनले कांग्रेसको उम्मेदवार नभएको स्थानमा तालमेलको उम्मेदवारलाइ मत दिनुपर्ने बताए । गठबन्धन भए पनि सबै तहमा वितरण हुने मतपत्रमा भने कांग्रेसको चुनाव चिन्ह हुन्छ ।

नेपाल कम्युनिष्ट पार्टीलगायतका अन्य केही दलले निर्वाचनमा पहिलो पटक भग लिने बताउँदै उनले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउनेतर्फ सरकारले विशेष ध्यान दिएको बताए। ‘आसन्न निर्वाचनमा गठबन्धन दलको निर्णय नमान्नेहरुलाई कारबाही गरिने छ’, उनले भने, ‘निर्वाचनमा गठबन्धनबीच सहमति र सहकार्य हुने भएकाले सहमति उल्लङ्घन गर्ने छुट कसैलाई छैन।’

राजनीतिक दलहरुको गठबन्धनबाटै यो सरकार बनेको उनले बताए। ‘त्यसकारण कांग्रेस यो गठबन्धनप्रति प्रतिबद्ध छ’, उनले भने, ‘पार्टीको निर्णयविपरीत जाने नेता कार्यकर्ताहरुलाई कारवाही गरिने छ। प्रदेश र प्रतिनिधि सभाको चुनावमा टिकट दिने बेला उनीहरुको रेकर्ड हेरिन्छ।’

उनले अहिले गठबन्धन हुन्छ हुँदैन भन्ने सवाल महत्वपूर्ण नभएको बताए। ‘कतिपय ठाउँमा गठबन्धन होला कतिपयमा स्थानमा छुट्टाछुट्टै हुन सक्ला तर केन्द्रले जे निर्णय गर्छ, त्यसको पालना गर्नुपर्छ’, उनले भने। जनतानजिकको सरकार भएकाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढङ्गले गर्नेतर्फ सरकारले विशेष ध्यान दिएको उल्लेख गरेका छन्।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार १९:४२