१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

१९ पालिकालाई चार भाग लगाउने पाँच दलीय गठबन्धनको निर्णय (सहमति पत्रसहित)


७ वैशाख, काठमाडौँ । सत्तारुढ पाँचदलीय गठबन्धनले ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकालालाई चार भाग लगाएका छन । गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले महानगर र उपमहानगरमा भाग पाएको छैन । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले १९ पालिकामा चार भाग लगाएर प्रमुख र उपप्रमुखको भागवण्डा टुंगो लगाएका छन । तीन दिनदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले भागवण्डामा सहमति जुटाएको हो ।

भागवण्डा अुनसार उम्मेदवारी दिँदा कांग्रेसले ३ महानगरपालिका र ७ उपमहानगरपालिकाको नेतृत्व लिनेछ । कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका परेका छन् । त्यस्तै उपमहानगरपालिकामा धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी परेको छ ।

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासहित जितपुर सिमरा र घोराही उपमहानगरपालिका प्रमुखमा उम्मेदवारी दिनेछ । माधव नेपालको समाजवादीले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिका नेतृत्व नै पाएको छ भने जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका र जनकपुर उपमहानगरपालिकाको नेतृत्व पाएको छ । दलहरूको बीचमा भएको सहमति तल हेर्नसक्नुहुन्छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार १७:०९