१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

केपी ओलीको ‘युवासँग म’ एकल अन्तरक्रिया (LIVE)


७ वैशाख, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विभिन्न क्षेत्रका युवाहरुसँग अन्तरक्रिया गरिरहेका छन । ‘युवासँग म’ शीर्षकमा ओलीले युवासँग अन्तरक्रिया गरेका हुन ।  २ बजे ओलीको अन्तरक्रिया ललितपुरको गोदावरीमा रहेको सनराइज हलामा भैरहेको छ ।

ओलीले पेशागत क्षेत्रका युवाहरुसँग देशको समसामयिक परिस्थिति, समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न निर्वाह गर्नुपर्ने भूमिका लगायतका विषयमा सुझावसहितको अन्तरक्रिया गरेका हुन । यस बृहद् कार्यक्रमको आयोजक केपी ओली आफैँ हुन ।

अन्तरक्रियामा चिकित्सा, इन्जिनियरिङ, अर्थ,कृषि, उद्योग लगायतका क्षेत्रमा संलग्न करिव १२ जना युवाहरुले आफ्नो धारणा राख्नेछन् । त्यसपछि अध्यक्ष ओलीले नेपालको विकास र समृद्धिको अहिलेको अवस्था, आफू सरकारमा छँदा गरेका प्रयासको चर्चा गर्नेछन । कार्यक्रममा सहभागी युवाहरुसँग केहीबेर प्रश्नोत्तर पनि राखिएको छ । कार्यक्रमम करिब तीन घण्टा चल्ने ओलीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार १४:१८