१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

एमालेबाट गाउँपालिका अध्यक्ष जितेका खड्काले कांग्रेस प्रवेशका लागि निवेदन दिएपछि…


११ चैत, रामेछाप । नेकपा एमालेबाट रामेछापको लिखु तामाकोशी गाउँपालिकाकाे अध्यक्षमा विजयी भएका गोविन्द खड्काले नेपाली कांग्रेस प्रवेशका लागि निवेदन हालेका छन । उनले कांग्रेसमा प्रवेश दिनुपर्यो भनेर निवेदन लेखेपछि जिल्ला सभापति जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)ले गाउँपालिकाका सबै वडासँग सुझाव मागेका छन ।

तामाङले कांग्रेस अाफैँले चुनाव जित्ने अवस्था देखिएमा खड्कालाई पार्टी प्रवेश नगराउनका लागि सुझाव मागेको बुझिएको छ । खड्काले टिकट लिएर पुनः चुनाव जितेर गाउँपालिका सञ्चालन गर्न पार्टी प्रवेशको प्रयास गरेको बुझिएको छ । गत स्थानीय तहको निर्वाचनमा उनी एमालेका तर्फबाट शानदार मतान्तरमा विजयी भएका थिए ।

खड्कालाई कांग्रेस भित्र्याउँदा हुने फाइदा–बेफाइदाबारे वडा समितिसँग सुझाव मागिएको र ती वडाको सुझावका अाधारमा मात्र खड्कालाई कांग्रेस प्रवेश गराउने तयारी छ । खड्का गएको स्थानीय तहको निर्वाचनमा राप्रपाबाट एमाले प्रवेश गरेका थिए । उनैलाई एमाले रामेछापले गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको थियो । तर, निर्वाचन जितेपछि अराजकता प्रदर्शन गरेको भन्दै एमाले रामेछापले उनलाई कारबाही गरिसकेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार १०:१६