१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

ठेकेदार अधिकारीको समन्वयमा प्रचण्ड र कामु प्रधानन्यायाधीश कार्कीबीच गोप्य भेटवार्ता


९ चैत, काठमाडाैँ । विवादित ठेकेदार एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदा अधिकारीको समन्वयमा कामु प्रधानन्यायाधीश दीपक कार्की र प्रचण्डको बीचमा गोप्य भेटवार्ता भएको खुलासा भएको छ । घटना र विचारले ललितपुरको एक स्थानामा सोमबार प्रचण्ड र कार्कीको बीचमा गोप्य भेटवार्ता भएको खुलासा गरेको हो ।

यसअघि परमादेश जारी गरेर नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेश दिनुअघि पनि प्रचण्डले सर्वोच्चका न्यायाधीशहरूसँग सीधै र सम्पर्क व्यक्तिसँग भेटवार्ता गर्दै आएका थिए । उनै कार्कीहरूको योजनामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई महाअभियोग लगाएपछि वर्तमान परमादेशी गठबन्धनले अदालत सरकारका लागि कम्फर्टेवल बनेको महशुष गरेको छ ।

उनीहरूले तत्कालका लागि सभामुख अग्नि सापकोटालाई अर्जुन लामाको हत्या अभियोगमा सफाइ दिने र एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वले गरेको संवैधानिक नियुक्ति खारेज गर्ने कुरालाई प्राथमिकतामा राखेका छन ।

घटना र विचारले कार्की र प्रचण्डको बीचमा भेटवार्ता भएको खुलासा गरे पनि भेटमा भएको कुराकानीको बारेमा कुनै बिबरण खुलाएको छैन । सर्वोच्च पछिल्लो समय सत्ता र राजनीतिक स्वार्थका निम्ति दुरूपयोग हुँदै आएको छ । कार्की र प्रचण्डको बीचमा करिब डेढ घण्टा कुराकानी भएको थियो ।

सर्वोच्च अदालतमा विभिन्न राजनीतिक मुद्दाहरू विचाराधिन अवस्थामा रहेका र पेशीमा चढेको अवस्थामा प्रचण्ड र कार्कीको बीचमा भएको भेटलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ । सर्वोच्चको दुईवटा फैसला यसअघि प्रचण्डले पहिल्य नै चुहाएका थिए ।

धादिङको बाटो भएर चितवन जानेक्रममा फैसला हुनु २४ घण्टा अगावै प्रचण्डले ओली सरकारले नियुक्त गरेका १९ मन्त्रीको जागिर जाने र त्यो सूचना आफूले सर्वोच्चबाट पाइसकेको बताएका थिए । त्यस्तै उनले जनकपुर पुगेर परमादेशको पनि तीन दिन अगावै परमादेश नै आउने र सर्वोच्चले शेरबहादुर देउवालाई नै प्रधानमन्त्रीमा नियुक्त गर्ने ठोकुवा गरेका थिए । त्यस दिन पनि उनले आफूले सूचना पाएको बताएका थिए । 

यो पनि पढ्नुहोस्

-सर्वोच्चले भोलि दिने आदेश आजै सुनाउँदै प्रचण्डले भने २१ मन्त्रीको पद जान्छ

-सर्वोच्चले फैसला मार्फत देउवाजीलाई प्रधानमन्त्री तोक्ने सूचना पाएको छुः प्रचण्ड

-धादिङमा अघिल्लाे दिन स्याल कराउने र भोलिपल्ट कुखुरा हराउने कसरी भयोः प्रधानमन्त्री ओली

-महेश बस्नेतको प्रश्न- सर्वोच्चकाे फैसलामा प्रचण्डको भविष्यवाणी कसरी मिल्यो ?

 

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार १९:३३