१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

खानेपानीको चुनावमा गठबन्धन बनाउँदा पनि आफ्नै वडामा हारे माधव नेपालका सम्धी पाण्डे


६ चैत, पाल्पा । पाल्पाको तानसेन नगरपालिकाको खानेपानीको चुनावमा गठबन्धनको उम्मेदवारलाई हराउँदै एमालेका गणशे अर्याल विजयी भएका छन । राडिचुडी खानेपानी उपभोत्ता समिति तानसेन ९ मदनपोखरामा शनिबार  भएको निर्वाचनमा नेकपा एमाले निकट उमेद्वार अर्याल बिजयी भएका हुन । अर्यालले पाँच दलीय गठबन्धनका उमेद्वार मिनप्रसाद बन्जाडेलाई भन्दा १ सय ७ मत अन्तरमा पारजित गरेका हुन ।

निर्वाचनमा विजयी गणेशले ४ सय ३४ मत प्राप्त गरेका छन भने पराजित भएका गठबन्धनका उम्मेदवार मिनप्रसादले ३ सय २७ मत प्राप्त गरे । तानसेन ९ मदनपोखरा पूर्वमन्त्री तथा सांसद सोमप्रसाद पाण्डेको वडा हो । पाण्डेका नजिकका उमेद्वार मिनप्रसादलाई बिजयी बनाउन पाण्डे लगायतका गठबन्धनका नेताहरु मैदानमै उत्रिएका थिए तर उनको लज्जास्पद पराजय भएको छ । पण्डेले कांग्रेस र माओवादी सहितका पाँच दलीय गठबन्धनका पार्टीका नेताहरूको सहयोग लिएका थिए ।

यो निर्वाचन पाल्पा जिल्लामा भोलि हुने गठबन्धनविरूद्ध एमालेको चुनावका रूपमा हेरिएको थियो । त्यसकारण सांसद पाण्डे आफैँ मैदानमा भिडेका थिए । तर उनले पाँच दलीय सहयोग जुटाउँदा पनि आफ्नै वडामा एमाले हराउन सकेनन् । पाल्पा एमालेको संगठन बलियो भएको जिल्ला हो भने जनताका लागि एमालेका प्रतिनिधिले काम पनि गरेका छन ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आईतवार ०८:५४