१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग, ९८ सांसदको हस्ताक्षर


१ फागुन, काठमाडौँ । सत्तारूढ दलहरूका सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध  महाभियोग प्रस्ताव दर्ता गरेका छन । कांग्रेस, माओवादी लगायतका ९८ जना सांसदले हस्ताक्षर गरेर प्रधानन्यायाधीश राणाविरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्त गर्नका निम्ति सर्वोच्चको दुरूपयोग गरेका थिए । तीनै दुरूपयोगमा सहभागी न्यायाधीशहरूको मागमा कांग्रेस र माओवादी लगायतका दलले प्रधानन्यायाधीशका विरूद्धमा महाअभियोग दर्ता गराएका हुन ।

उनीहरूले सर्वोच्च अदालतभित्रै लामो समय इजलाश बहिष्कार गरेर आन्दोलन गरेका थिए भने नेपाल बार मार्फत केही कानुन व्यवसायीलाइ आन्दोलित बनाएका थिए । शेरबहादुर देउवाले प्रधानन्यायाधीश राणाको कोटामा गजेन्द्र हमाललाइ उद्योगमन्त्रीमा नियुक्त गरेपछि यो विषय थप पेचिलो बनेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आईतवार ११:३२