१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

अरुण नदीमाथिको बेलिब्रिज भाँचियो, तीन वटा ट्रक खसेर नदीमा


२९ माघ, संखुवासभा । अरुण नदीमाथिको बेलिब्रिज भाँचिदाँ तीन वटा ट्रक खसेर नदीमा पुगेका छन । संखुवासभा भएर बग्ने अरुण नदीमाथि लगाइएको बेलिब्रिज भाँचिदाँ ट्रकहरू नदीमा खसेका हुन ।

शनिबार दिउँसो संखुवासभाको मकालु गाउँपालिका-५ र १ जोड्ने बेलिब्रिज भाँचिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका सवारी चालकहरू सकुशल रहेका छन । निर्माण सामग्री बोकेका ट्रक नदीमा खसेका हुन ।

इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामाग्री बोकेका ट्रक एकैसाथ पुल तर्दा क्षमताभन्दा बढी भार भएपछि पुल भाँचिएको स्थानीयले अनुमान गरेका छन । बेलीब्रिज पनि हाइड्रोपावरले नै बनाएको थियो ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार २०:५७