१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

नेपाल मुस्लिम ईत्तेहाद संगठनको संयोजकमा शिराज फारूकी, चैतमा राष्ट्रिय सम्मेलन हुने


२९ माघ, काठमाडौँ । नेपाल मुस्लिम ईत्तेहाद संगठनको अधिवेशन आयोजक कमिटीको संयोजकमा शिराज फारूकी चयन भएका छन । शनिबार काठमाडौँमा भएको संगठनको सचिवालय बैठकले संयोजकमा शिराज फारूकीलाई चयन गरेको हो ।

बैठकमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, संयन्त्रकी सहसंयोजक रचना खड्काको उपस्थितिमा भएको बैठकले संयोजकमा शिराज फारूकीलाई चयन गरेर चैत्रको १२, १३ र १४ गते बाँकेको नेपालगञ्जामा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।

बैठकमा सम्बोधन गर्दै संयन्त्रका संयोजक ढकालले पार्टीको जनसंगठनहरू आफ्ना उद्देश्य अनुरूप पार्टी कामसँग जोडिएर प्रभावकारी हुनुपर्ने बताए । उनले संयन्त्रले तयार पारेको कार्यबिधि अनुरूपको ढाँचामा रूपान्तरण गरेर आगामी स्थानीय निर्वाचनको तयारीमा जुट्न दिए ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार २०:४४