१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

जनयुद्ध दिवसमा मधेश प्रदेश सरकारद्वारा सार्वजनिक बिदा


२९ माघ,नकपुरधाम । मधेश प्रदेश सरकारले पहिलो पटक जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदाको दिएको छ । फागुन १ गते मनाइने जनयुद्धको अवसरमा मधेश सरकारले आइतबार प्रदेशभरि सार्वजनिक बिदाको घोषणा गरेको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिए । यसबीच, जनयुद्धको दिवसको अवसरमा प्रदेश सरकारले आइतबार एक भव्य कार्यक्रमबीच माओवादी जनयुद्धमा मधेश प्रदेशबाट सहिद भएका तथा ज्यान गुमाएका परिवारजनलाई राहत स्वरुपा तत्काल १ लाख नगद दिने निर्णयसमेत गरेको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेका मधेशी सहिद प्रतिष्ठानले पहिलो चरणमा जनयुद्धका सहिद तथा ज्यान गुमाएका परिवारलाई १ लाख दिने निर्णय गरिएको मन्त्री साहले बताए । आइतबार प्रदेश सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुरधाम आउने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार १८:५०