१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

जन्मदिनमा कैदीका लागि पंखा र खाद्यान्न सहयाेग


२९ माघ, नुवाकाेट । नुवाकाेटमा एक जना महिलाले आफ्नाे जन्मदिनकाे अवसरमा कैदीका लागि सहयाेग गरेकी छिन । विदुर नगरपालिका ९ की इन्दिरा रिजाल लामिछानेले जन्मदिनको अवसरमा महिला कैदिबन्दी हरुलाइ ४ ओटा पंखा सहित दैनिक उपभोग्य सामाग्रीहरु हस्तान्तरण गरेकी हुन । जन्मदिनकाे महंगो खर्च गरेर मनाउने संस्कारलाई निरुत्साहित गर्दै आफ्नो ३९ औं जन्मदिनको अबसरमा उनले जिल्ला कारागार नुवाकोटमा रहेका १३ जना कैदीबन्दीलाई सहयोग गरेको दैनिकलाई जानकारी दिइन ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार १७:५८