१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

कालोमोसोको सेल्फीमा वन अधिकृत विश्वराजले भने ‘रङ्गहरु पोतेर केहि फरक पर्दैन’


१७ माघ, काठमाडाैँ । कैलालीमा विप्लव कार्यकर्ताले सहायक वन अधिकृतलाई कालोमोसो दलेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कैलालीको पचमुडिया सव डिभिजन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई मोसो दलेका हुन् ।

आफुलाई विप्लवका कार्यकर्ता बतउने समुहबाट काम भन्दै एक्कासी कालो मोसो दलेको पण्डितले बताए । आतंकको किन विरोध गरेको भन्दै एक्कासी दुर्ववहार गरिएको उनको भनाई छ । केही समय अगाडि उक्त सव डिभिजनअन्तर्गत पर्ने कैलालीका सामुदायिक वनमा विप्लवका कार्यकर्ताले चन्दा असुली गरेका थिए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा कालोमोसोसहितको फोटो पोस्ट गर्दै यस्ता रंगहरू दलेर केही फरक नपर्ने बताएका छन । उनले इमान्दारितामा तलमाथि नगरेपछि जे रंग दले पनि केही नहुने बताएका छन ।

पण्डितको टिप्पणी यस्तो छ

ने.क.पा. (विप्लव) समूह कथित केहि थान व्यक्तिहरुले दिएको यो उपहार जिल्ला कैलाली डिभिजन वन कार्यालय पहलमानपुर अन्तर्गत पचमुडिया सव डिभिजन वन कार्यालयमा कार्यरत रहदाको अविस्मरणीय रहने छ ।

देश र जनताका विरुद्ध गरेका मेरा कुनै पनी कार्यहरु छन् भने राज्यका ३ तहका अदालत, संवैधानिक निकायहरु र जन अदालतको कठघरामा उभ्भिन तयार छु । अन्यथा एउटा सचेत प्राकृतिक व्यक्तिका हैसियतले समयले सबैको हिसाब किताब गर्ने नै छ ।

चरित्रमा दाग नलागुन्जेल सम्म अन्य अनेकौं रङ्गहरु पोतेर केहि फरक पर्नेवाला छैन, मारिएन छु भने। समाज रुपान्तरणको लागि औकात छ भने खुल्ला बहस गर्न चुनौती दिन्छु ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार २३:११