१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

फुटबलर हरि खड्काविरूद्ध भ्रष्टाचार मुद्दा


१२ माघ, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्काविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । प्रहरीको बढुवामा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

खड्का नेपाल प्रहरीका पूर्व सई पनि रहेका थिए ।असई भर्ना हुन उनले इन्टरमिडियट तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पुष्टि भएको थियो । उक्त घटना सार्वजनिक भएपछि छानबिनका लागि उनले प्रहरीबाट राजीनामा दिएका थिए । आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम दण्ड सजायको माग दाबी गरी आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार १७:३८