१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

सरिता रावतको तीजको कोशेली “स्याउली सोत्तर ….” बजारमा


–शिशिर सिंखडा
चितवन । गायिका सरिता रावतको दोश्रो प्रस्तुती “स्याउली सोत्तर …” बजारमा आएको छ । म्युजिक नेपालले बजारमा ल्याएको सो गीत गायिका सरिता रावत र उनकै भाइ केशव रावतको स्वर रहेको छ । लय तथा संकलन समेत केशव रावतको रहेको छ ।

“उर्लीमा आयो हापुरे खोली स्याउली सोत्तर बगाई लग्यो सलल, आमाले दिएको शिरै लाउने चन्द्रमा हेरन साथी हो शिरै भरी झलल” भन्ने गीतमा पश्चिम नेपालको खोलानाला र जनजिब्रोको बोली मिसिएको भाका रहेको छ । दाङ्गमा माइती भई चितवनको कालिका नगरपालिका वडा नं. ६ मा घर भएकी गायिका रावतले आफू जन्मे हुर्केको गाउँको लोक भाका र शब्दलाई समेटेर सो गीत तयार भएको बताइन् ।

गीतमा भागिरथा गाहा मगरको नृत्य निर्देशन, सुरेश श्रेष्ठको छायांकन र नवीन घर्तीमगरको सम्पादन रहेको छ । संजीव ठकुरी र प्रियंका श्रेष्ठको अभिनय रहेको गीतको दृष्य निर्माण एडभेन्चर फिल्मस्ले गरेको छ ।

गायिका रावतको २ वर्ष अगाडि पनि तीजको गीत “चिलचिले पसिना” पनि बजारमा आइसकेको छ भने केही दिनमै उनको अर्को गीत “तीजैको बेला मादलु बज्यो बादलु तालैले, मलाई नाच्ने बनायो” समेत बजारमा आउने तयारीमा रहेको गायिका रावतले जानकारी दिइन् । उनको सो तीजको गीत यूट्युवमा समेत हेर्न सकिने उनले बताइन् ।

भिडियो हेर्नुहोस्

 

प्रकाशित मिति : १७ श्रावण २०७५, बिहीबार १८:०५