१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

प्रधानमन्त्री देउवा भारत जाने तयारी, एसएसबीले हत्या गरेका जयसिंह धामीबारे बोल्लान ?


९ पुस, काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भारत जाने तयारीमा जुटेका छन । उनको भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले धमाधम गरिरहेको छ । नेपाली कांग्रेसको सभापतिमा मजबुद टिमसँगै दोहोरिएपछि देउवाले भारत जाने तयारी गरेका हुन ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा १३४ सदस्यका लागि भएको निर्वाचनमा देउवा समूहका ११० उम्मेदवार विजयी भएका छन । योसँगै देउवा कांग्रेसको थप शक्तिशाली सभापतिमा भएका छन । देउवाले यही पुस मसान्तभित्र भारत भ्रमण गर्न गरी तयारी थाल्न सचिवालयका सदस्यलाइ निर्देशन दिएका छन ।

परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी करिब अन्तिम चरणमा पुर्याएको बुझिएको छ । कोरोनाको नयाँ भेरियन्टका कारण देउवाको भ्रमण दल भने यसपटक जम्बो नहुने बुझिएको छ । देउवा पाँचौ पटक प्रधानमन्त्री भए पछि उनको पहिलो भारत भ्रमण हुन लागेको हो ।

सरकार बनाउनुअघि नै सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो सरकार भारतका लागि कम्फर्टेबल हुने भन्दै टेलिभिजन अन्तर्वार्तामै भनेका थिए । त्यसकारण यो सरकारको भारत नीति उसले जे गरे पनि चुपचाप बस्ने देखिएको छ ।

दार्चुलाका युवा जयसिंह धामीलाइ भारतीय एसएसबीले तुइन काटेर महाकालीमा वेपत्ता पार्दा पनि चुपचाप बसेको थियो । सरकारले त्यतिमात्रै गरेर धामीका बारेमा सत्य उत्खनन् गरेर समाचार लेख्ने सञ्चार माध्यमलाइ कारबाही गर्ने भन्दै चेतावनीयुक्त विज्ञप्ति समेत जारी गरेको थियो । यद्यपी देउवाको भारत भ्रमणमा धामीले न्याय पाउने गरी सरकारले आवज उठाओस भन्ने अपेक्षा सरकारसँग रहेको छ ।

भारतकै स्वार्थमा सरकारले नेपाल चीन सीमाको हुम्लामा सीमा नै नमिचिएको ठाउँमा पनि सीमा अतिक्रमण भएको भन्दै अध्ययन गर्न एउटा कार्यदल नै बनाएको थियो । भने जयसिंह धामीको बारेमा समाचार प्रकाशित भएपछि मोदीसँग जोडेर समाचार लेखे कारबाही गर्ने चतावनी पनि दिएको थियो । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वले भारतले अतिक्रमण गरेको भूमिसमेत समेटेर नयाँ नक्सा जारी गरेपछि नेपाल र भारतकोबीचमा उच्चस्तरको भ्रमण भएको छैन ।

प्रकाशित मिति : ९ पुष २०७८, शुक्रबार ११:४३