१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

यस्तो थियो ज्ञानेन्द्र र प्रचण्डबीचको पाँच बुँदे सहमति, हिसिलाले चुहाएकी थिइन सूचना


१ पुस, काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले बुधबार पार्टी केन्द्रीय कमिटीमा मनोनित ४४ जना सदस्यलाई सपथ गराएपछि सम्बोधन गर्ने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन राजा ज्ञानेन्द्र शाहका बीचमा पाँच बुँदे सहमति भएको बताएपछि नेपाली राजनीति सोही विषयले तातिएको छ ।

ओलीले सम्बोधनका क्रममा १८ मंसिर २०६१ मा ज्ञानेन्द्र र प्रचण्डबीच पाँच बुँदे सहमति भएको दाबी गरे । तर, सहमतिपत्रमा के के उल्लेख भएको थियो भन्ने खुलिनसकेको भन्दै उनले भनेका छन्, ‘त्यो पाँच बुँदेमा के थियो ? कि ज्ञानेन्द्रले भन्नुपर्‍यो, कि प्रचण्डले ।’

प्रचण्डको सहमतिमा ज्ञानेन्द्रले देशमा निरंकुशता ल्याएको भन्दै ओलीले भने, ‘असोज १८ र माघ १९ मा ज्ञानेन्द्रले ‘कु’ गरे । पाँच बुँदे सहमतिपछि ज्ञानेन्द्रले देशभर नागरिक अभिनन्दनको कार्यक्रम गर्दै देश दौडाहामा निस्किए।’

यो विषय ओलीले पहिलो पटक खुलासा गरेका भने होइनन् । यो विषय यसअघि नै तत्कालनीन माओवादी नेतृ हिसिला यमीले सार्वजनिक गरिसकेकी छिन । विश्वप्रसिद्ध प्रकाशनगृह पेन्गुइन बुक्सबाट प्रकाशित ‘हिसिला फ्रम रिभोलुसनरी टु फर्स्ट लेडी’ पुस्तक मार्फत उनले यस विषयको सूचना लिक गरिसकेकी छिन । ३८ अध्यायमा बाँडिएको हिसिलाको पुस्तक ३४६ पृष्ठको रहेको छ ।

हिसिला यमीको पुस्तकको कभर ।

त्यस मसयमको घटनाक्रममा विश्लेषण गर्दा यस्ता थिए प्रचण्ड र ज्ञानेन्द्रबीच त्यस समयमा भएको पाँच बुँदे सहमति

१. राजाले संसदीय राजनीतिक गरिरहेका दलहरुलाई प्रतिबन्धन लगाउनुपर्ने, सबै नेताहरुलाई जेल चलान गरेर पार्टीहरुलाई प्रतिबन्ध लाउनुपर्ने र त्यसै अनुरुप २०६० माघ १९ को घटना घटाइएको थियो ।

२. ज्ञानेन्द्र राजा रहने र माओवादीलाई निःशर्त सत्ता सुम्पिनु पर्ने ।

३. राजा ज्ञानेन्द्र नयाँ राजा भएकाले उनलाई देशभरी डुलेर नागरिक अभिनन्दन गर्न दिनुपर्ने र ज्ञानेन्द्रले लोकप्रियता बढाउन पाउनुपर्ने । यस अनुसार माओवादी युद्धकैबीचमा उनी नागरिक अभिनन्दन गर्न देश घुमेका थिए ।

४. तात्कालीन माओवादी लडाकूलाई निःशर्त नेपाली सेनामा मिसाउनुपर्ने ।

५. जेलमा रहेका सबै माओबादी नेता कार्यकर्ताको रिहाइ गर्नुपर्ने ।

तत्कालीन राजा ज्ञानेन्द्र शाह ।

तत्कालीन अवस्थामा प्रचण्ड र ज्ञानेन्द्रकाबीचमा समन्वय गर्ने मानिसहरू अहिले पनि नेपाली राजनीतिमै रहेका छन । ज्ञानेन्द्र र प्रचण्डको सम्झौतालाई मूर्त रूप दिन राजाका तर्फबाट कमल थापाले छलफल गरेका थिए । प्रस्तावित पाँच बुँदामा माओवादीका तर्फबाट डा बाबुराम भट्टराईले छलफल गरेका थिए ।

प्रचण्ड र ज्ञानेन्द्रकै सहमतिका आधारमा ज्ञानेन्द्र नागरिक अभिनन्दनको नाममा जिल्ला भ्रमणमा निस्किएका थिए । विभिन्न बहानामा शिक्षक, पत्रकार र राजनीतिक दलका नेताहरू समेत मारिइरहेको अवस्थामा ज्ञानेन्द्रले ढुक्कसँग नागरिक अभिनन्दनको अभियान चलाएका थिए । प्रचण्डको सहमति नभएको भए तत्कालनी अवस्थामा ज्ञानेन्द्र काठमाडौँभन्दा बाहिर निस्कन समेत पाँच पटक सोच्नुपर्ने अवस्था थियो । तर सोही सहमतिमा कारण ज्ञानेन्द्रको अभिनन्दनको कार्यक्रमहरू भएका थिए ।

अनौपचारिक रूपमा भएको सहमतिको पहिलो बुँदामा राजा ज्ञानेन्द्रले असहमति जनाएपछि त्यो अलिखित बनेको थियो । यद्यपी त्यसकै जगमा ज्ञानेन्द्रले २०६१ माघ १९ गते कु गरेका थिए । उनले सहमतिमा प्रस्ताव गरिएको बुँदा अनुसार नै तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकार अपदस्त गरी ज्ञानेन्द्रले नै मन्त्रिपरिषद्को जिम्मेवारी लिएका थिए । त्यसपछि ज्ञानेन्द्रले राजनीतिक दलका नेताहरूलाई नजरबन्दमा राख्ने, गिरफ्तार गर्ने र जेल हाल्ने काम गरेका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

कमल थापा र बाबुराम भट्टराइले ज्ञानेन्द्र र प्रचण्डको पाँच बुँदे सहमति कार्यान्वयनका लागि लिखित रूपमा आकार दिन छलफल गरे । छलफल बाँकेमा राप्रपाका तत्कालीन नेता धवलशम्शेर राणाको घरमा भएको थियो । तर एक नम्बर बुँदा पूर्ण रूपमा कार्यान्वय गर्न ज्ञानेन्द्रले इन्कार गरेपछि सहमति तोडिएको थियो ।

ज्ञानेन्द्र र प्रचण्डको सहमति हुननसकेपछि प्रचण्डले भारतसँग अनुरोध गरे । भारतका तत्कालीन प्रधानमन्त्री अटलबिहारी बाजपेयीले उनीहरूको माग अनुसार भारतको हितमा काम गर्ने वचन लिएर माओवादी र नेपालका दलहरूबीच १२ बुँदे दिल्ली सहमति भएको थियो ।

प्रकाशित मिति : १ पुष २०७८, बिहीबार १४:५२