१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्य समायोजन, समायोजनपछिकाे मूल्य कति ?


६ मंसिर, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले बैंकले प्रस्ताव गरेको १२.६१ प्रतिशत बोनस शेयर समायोजन गरि नयाँ मूल्य निर्धारण गरेको हो । शेयरमूल्य समायोजनपश्चात ४०८ रुपैयाँ ४९ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो । बैंकको शेयर पछिल्लो पटक ४६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । बैंकले मंसिर १७ गते, दरबारमार्गस्थित केन्द्रिय कार्यालयमा ३५ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

बैंकको सभाले हाल कायम चुक्ता पूँजीको १२.६१ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.३८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार १२:०३