१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

रसुवागढी नाकाबाट ५० भेँडा-च्याङग्रा नेपाल भित्रिए


१६ कात्तिक, रसुवा । चीनसँगको व्यापारिक नाका रसुवागढीबाट भेँडा-च्याङग्रा नेपाल भित्र्याइएकाे छ । शनिबार चीनबाट ५० वटा भेँडा च्याङग्रा रसुवागढी नाका हुँदै नेपाल भित्रिएको व्यापारी दिवाकर न्यौपानेले बताए । तिहार नजिकिँदै जाँदा बजारमा मासुकाे माग बढेकाे छ ।

‘सय भन्दा बढी भेँडा-च्याङ्ग्राको माग गरिए पनि थोरै संख्यामा आपूर्ति भएकाे छ,’ उनले भने गतभन्दा यो वर्ष भेँडा च्याङ्ग्राको भाउ महँगाे रहेको न्यौपानेले बताए । एउटै भेँडा च्याङ्ग्रामा ३ हजारदेखि ३ हजार ५ सयसम्म महँगाे परेकाे उनले बताए । नेपाल भित्रिएका भेँडा-च्याङ्ग्राको मूल्य ३२ हजारसम्म परेकाे ५ । दसैँमा १ सय ७० भेँडा-च्याङग्रा रसुवागढी नाका हुँदै नेपाल ल्याइएकाे थियाे ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलवार ०८:४९