१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

शिवम् सिमेन्ट्सको साधारणसभा भोलि, यस्ताे छ मुख्य एजेण्डा


१५ कात्तिक, काठमाडौँ । शिवम् सिमेन्ट्सको साधारणसभा भोलि मंगलबार बस्ने भएको छ । शिवम्‌ले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई करसहित २९ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न सोल्टी होटल सोल्टीमोड काठमाडौँमा बिहान १० बजे सभा आह्वान गरेको हो ।

कोरोनाका कारण सभा भर्चुअल माध्यमबाट पनि सञ्चालन हुने कम्पनीले जनाएको छ । शिवम सिमेन्ट्सले दिन लागेको यो अहिलेसम्मकै धेरै लाभांश हो । गत वर्ष कम्पनीले सेयरधनीलाई २४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

सभामा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । सोही आर्थिक वर्षको नाफा/नोक्सान, नगद प्रवाहलगायतको विषयमा छलफल गर्ने एजेन्डा छ । कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ ८ कात्तिकमा बुक क्लोज गरेको छ । यसअनुसार ७ कात्तिकसम्म नेप्सेमा कायम सेयरधनीले लाभांश सुरक्षित गरेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार ११:१४