१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

समिट लघुवित्तको नाफा तीन करोड ९२ लाख


१४ कात्तिक, काठमाडौँ । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले आइतबार सार्वननिक गरेको अपरिष्कृत वित्तीय विवरण विवरणअनुसार समिटले ३ करोड ९२ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

लघुवित्तको खुद नाफा अघिल्लो वर्ष यसै अवधिमा यसले दुई लाख ७७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य वृद्धि भएको हो ।

यस अवधिमा खुद ब्याज आम्दानी २८५ दशमलव ९६ प्रतिशतले बढेर आठ करोड ५८ लाख ८४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा यसले दुई करोड २२ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा चार लाख ४१ हजारबाट बढेर छ लाख २३ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी, लघुवित्तले सम्भावित जोखिमबापतको व्यवस्थामा एक करोड ६४ लाख रुपैयाँ छुट्याएको छ।

समीक्षा अवधिमा लघुवित्तको जगेडा कोष १५५ दशमलव ५४ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सापटी ८९ दशमलव ७५ प्रतिशत र निक्षेप १२ दशमलव ०६ प्रतिशत बढेको छ भने कर्जा ७६ दशमलव ३० प्रतिशत बढेको छ।

समीक्षा अवधिमा नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । यस अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २८ पैसाबाट ३९ रुपैयाँ ५८ पैसा बढेर ३९ रुपैयाँ ८६ पैसा पुगेको छ। असोज मसान्तसम्ममा, लघुवित्तको मूल्य आम्दानी अनुपात १४५ दशालव ५० गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ४७ पैसा रहेको छ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आईतवार १४:४२