१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

सिभिल लघुवित्तको सेयर मूल्य समायोजन


१४ कात्तिक, काठमाडौँ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सिभिल लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १९ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।

सिभिलको बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले १२ सय चार रुपैयाँ २९ पैसा निर्धारण गरेको छ । यसले आर्थिक वर्ष ०७७/०७८ को नाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित एक प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्दैछ ।

कम्पनीले २८ कात्तिकमा बिहान ११ बजे बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौंमा वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तले साधारसभा तथा लाभांश प्रयोजनार्थ आज आइतबार बुक क्लोज गरेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आईतवार १२:१६