१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

घट्यो सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?


१४ कात्तिक, काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा आइतबार तीन सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको हो ।

आइतबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार ६२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार दुई सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार १९० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

प्रतिकात्मक तस्बिर ।

आइतबार चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार २४० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ६३ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आईतवार ११:४८