१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

महिला लघुवित्तकाे लाभांश संशोधन, बढ्याे बोनस सेयर


५ कात्तिक, काठमाडौँ । महिला लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश संशोधन गरेकाे छ । आज बिहान बसेको सञ्चालक समितिको बैठकले लाभांश संशोधन गरेको हाे । लघुवित्तले हाल कायम चुक्ता पुजीको १० करोडको २.५ प्रतिशत नगद लाभांश र ४७.५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।

यसअघि लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुजीको ४५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ५ प्रतिशत नगद गरी ५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । उक्त लाभांश नेपाल राष्ट्र बैङ्कले स्वीकृति गरेर आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार १२:५६