१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

एनआरएनए आईसीसी महिला संयोजकमा उमा कार्की थापाको उम्मेदवारी


२१ असोज, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आईसीसी महिला संयोजकमा उमा कार्की थापाले उम्मेदवारी घोषणा गरेकी छन् । अमेरिकामा रहँदै आएकी उनले आसन्न एनआरएनएको महाधिवेशनमा आईसीसी महिला संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् ।

गणेश तीर्थ फाउण्डेसनकी अध्यक्षसमेत रहेकी उनी एनआरएन अमेरिकाको २०१९–२०२१ को क्षेत्रीय महिला संयोजक हुन् । एनआरएनए अमेरिकाको २०१७–२०१९ को उपाध्यक्ष रहेकी उनी एनआरएनए एनसीसी अमेरिकाको महिला संयोजक पनि भइसकेकी छिन् ।

एनआरएनएको टाक्सफोर्सको पूर्वसदस्य उमा वेष्ट अमेरिका नेप्लिज एसोसिएसनको संस्थापक अध्यक्ष हुन् । अमेरिका नेपाल एकता समाजकी पूर्वउपाध्यक्ष तथा अध्यक्ष उमा सन् २००८–२०१२ सम्म साउथ एसिएन नेटवर्कमा पनि आवद्ध रहिन् ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार १५:५०