१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

एनआईसी एशिया लघुवित्तले घोषणा गर्याे लाभांश


१९ असाेज, काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५.४१ प्रतिशत लाभांश घोषणा गरेको हो ।

असोज १८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार १२:२४