१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

सिटिजन्स बैंक र लुजा मेकअप स्टुडियो एण्ड स्किन केयरबीच छुट सम्झौता


१९ असोज, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौँस्थित लुजा मेकअप स्टुडियो एण्ड स्किन केयरबीच छुट सम्बन्धीसम्झौता भएको छ । उक्त सम्झौतापश्चात् सिटिजन्स बैंकका डेबिट, क्रडिट तथा प्रिभिलेज कार्डवाहक एवं कर्मचारीले लुजामेक अप स्टुडियो एण्ड स्किन केयरको विभिन्न सेवाहरूमा विषेश छुट पाउने जनाइएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरूको लागि समेत घरमै बसी निःशुल्क मोबाइल बैकिङमार्फत् डेबिट कार्डको लागि आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ ।

मोबाइल बैकिङमार्फत् खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी र मुद्दती खाताको आवेदन दिन सकिनेलगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।

सिटिजन्सले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, १२१ वटा एटिएम र १११ वटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब साढे १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार १०:५६