१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

लाभांश पारित गर्न रिडी हाइड्रोपावरले बाेलायाे साधारणसभा


१९ असोज, काठमाडौँ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा बाेलाएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १२ दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न १२ कात्तिकमा २०औँ वार्षिक साधारणसभा डाकेकाे हाे।

सभा कम्पनीको केन्द्रिय कार्यालय, थापाथलीमा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि सञ्चालन हुनेछ । सभाले रिडी हाइड्रोपावरले रैराङ हाइड्रोपावरलाई गाभ्ने/गाभिने विषयको विशेष प्रस्ताव पारित गर्नेछ । नगद लाभांश वितरण गर्नेलगायतको प्रस्ताव छ ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि २ कात्तिकमा बुकक्लोज गर्ने छ । यस अनुसार १ कात्तिकसम्म नेप्सेमा कारोबार भइ कायम सयरधनीले मात्रै कम्पनीको लाभांश प्राप्त गर्नसक्ने तथा साधारण सभामा सहभागी हुन पाउने छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार १०:२६