१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?


१५ असोज, काठमाडौँ । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ८८ हजार सात सय रुपैयाँ कायम भएकोमा शुक्रबार नाै सय रुपैयाँले बढेर ८९ हजार ६ सय रुपैयाँ कायम भएको हो ।

एक साता भरीको महासंघको तथ्यांक हेर्दा अन्तिम दिन शुक्रबार ६ सय रुपैयाँले सुनको मूल्य उकालो लागेको छ । साताको पहिलो दिन छापावाल सुन ८९ हजार रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार छापावाल सुन प्रति १० ग्राम ७६ हजार ८२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ८९ हजार १५० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी प्रति १० ग्राम ७६ हजार ४३५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोलामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार १४० रुपैयाँ कायम भएको छ । बिहीबार एक हजार १२० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्रामको ९९७ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार ११:४२