१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

निजामतीसरह सुविधा माग्दै देशभरका शिक्षक आन्दोलनमा


१४ असोज, तनहुँ । सरकारले आफूहरूलाई निजामती कर्मचारीसरह समान व्यवहार नगरेको भन्दै देशभरका शिक्षक विरोधमा उत्रिएका छन् । देशभरका शिक्षकले बिहीबार टाउको र हातमा कालोपट्टी बाँधेर सांकेतिक विरोध गरेका हुन् ।

सरकारले निजामती कर्मचारीलाई तोकेकोभन्दा धेरै सुविधा दिए पनि शिक्षकलाई भने असमान व्यवहारप्रति विरोधमा उत्रिएको स्थायी शिक्षक हकहित मञ्चका केन्द्रीय संयोजक रमेशबावु भट्टराईले बताए ।

आफूहरूको माग पूरा नभए दोस्रो चरणको आन्दोलन घोषणा गर्ने उनीहरूले चेतावनी दिएका छन् । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई सरकारले असमान व्यवहार गरेको भन्दै मञ्चका केन्द्रीय संयोजक भट्टराईसहित ५० जनाले १६ असारमा सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार १६:०४