६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

तरुण दलको प्रदर्शनः मन्त्रीको गाडीदेखि इन्द्रेणी फुड ल्याण्डसम्म तोडफोड (फोटोफिचर)


५ साउन, काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले नयाँ बानेश्वरमा शनिबार असामान्य प्रदर्शन गरेको छ । गोविन्द केसीको माग लगायतका विषयलाई लिएर सडकमा उत्रिएको तरुण दलको प्रदर्शन अलि हिंसात्मक देखिन्थ्यो ।

तरुण दलका कार्यकर्ताले ढुंगामुढा गरेपछि प्रहरीले प्रदर्शनकारीलाई बुद्धनगर र बबरमहलसम्म लेखेटेको थियो । उनीहरु जसरी हुन्छ प्रहरीलाई उत्तेजित बनाएर हिंसा भड्काउन खोजिरहेका थिए ।

नेविसंघका कार्यकर्ताको आक्रमणमा परी डीएसपीसहित ११ प्रहरी घाइते, भएका छन भने दर्जन बढी सवारीमा तोडफोड भएको छ भने इन्द्रेणी फुडल्याण्डको सिसा फुटेको छ । यता प्रहरीले भीड नियन्त्रणमा लिन खोज्दा तरुणदलका अध्यक्ष जितजंग बस्नेतसहित ७ जना घाइते भएका छन ।

हेर्नुहोस् फोटो

प्रकाशित मिति : ५ श्रावण २०७५, शनिबार २३:००