१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

विद्यालयमा दशैँ विदा ६ दिनमात्रै


१२ असोज, बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाले दशैंको समयमा ६ दिनमात्रै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । २६ असोज फूलपातीदेखि ३० असोज टिकाको भोलिपल्टसम्म मात्रै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

कोरोनाका कारण लामो समयपछि विद्यालय सञ्चालनमा आएकाले दशैंको समयमा ६ दिनमात्रै विद्यालय बन्द हुने गाउँपालिकाले जनाएको छ । कोरोनाका कारण बालबालिकाको पठनपाठनमा समस्या भएकाले अब नियमित रुपमा विद्यालय सञ्चालन गर्ने गाउँपालिकाले जनाएको हो ।

यसअघि दशैंको समयमा एक महिना विद्यालय बन्द हुने गरेका थिए । दशैंदेखि तिहारसम्म लगातार बिदा हुँदा बालबालिकाहरुको शैक्षिक स्थिति झन् बिग्रने भएकाले यो दशैंमा ६ दिन मात्रै विद्यालय बन्द गर्ने निर्णय भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह बोहराले जानकारी दिए ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलवार १५:१८