१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

काठमाडौँ महानगरभित्रका विद्यालय असोज १० गतेदेखि खुल्ने


७ असोज, काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले स्वास्थ्य मापदण्ड पूरा गरेर असोज १० गतेदेखि भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराएर पठनपाठन गर्ने सक्ने भएका छन् । महानरपालिकाको शिक्षा समितिले असोज १० गतेदेखि विद्यालय खोल्न दिने निर्णय गरेको छ ।

विद्यालय सञ्चालन गर्न तोकिएका मापदण्डको पूर्णपालना गर्ने गराउने विषयमा शिक्षा विभागले अनुगमन गर्नेछ । शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार विद्यालयले कक्षा सञ्चालन विस्तृत कार्ययोजना बनाएर शिक्षा विभागमा पेस गर्नुपर्नेछ ।

भौतिक दुरी कायम गर्ने गराउने, मास्क लगाउने, हात धुने, ज्वरो मापन गर्ने, सामुहिक क्रियाकलाप नगराउने, खाजा घरबाटै लैजाने जस्ता विषयलाई मापदण्डमा कार्यान्वय योजना हुनुपर्नेछ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार १३:५९